अभिनेता पल शाहविरुद्ध बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको छ । बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा अभियोगपत्र दायर गरेकाे हो ।एक किशोरीले दिएको जाहेरीका आधारमा अनुसन्धानपछि अभियाेगपत्र दायर गरिएकाे हाे ।
शाहले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै मुद्दा दायर गरेको हो । कानुनको उक्त दफामा १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ ।
शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ ।जसमा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।
आफूमाथि बलात्कार भएको भन्दै शाहविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा किशोरीले उजुरी परेको थियो ।हाल शाह जिल्ला प्रहरी कार्यालय तनहुँकै हिरासतमा छन् ।