जिल्ला अदालत तनहुँले नायक पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
एक गायिकामाथि बलात्कार गरेको मुद्दा खेपिरहेका शाहलाइ थप अनुसन्धानका लागि भन्दै प्रहरीले समय माग गरेको थियो । जसअनुसार शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति दिएको हो । सुरूमा सात दिन थुनामा राखेर अनुसन्धान गरिसकेकाे छ।