वरिष्ठ लोकगायक एवं कलाकार जयनन्द लामाको निधन भएको छ ।भक्तपुरको कौशलटारस्थित आफ्नै घरकाे गेटमा उनी मृत अवस्थामा भेटिएका हुन्।
परिवारका सदस्यले प्रहरीलाइ बताए अनुसार लामाकाे खुट्टा कारमा र टाउको भुइँमा जोतिएको अवस्थामा भेटिएका थिए ।लामाको निधनबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।उनकाे निधन हुनुको कारण खुलेको छैन ।लामाको निधनकाे बारेमा बिहान आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पामा जन्मिएका लामाले थुप्रै लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन्।लामाका चुईं चुईं चुइँकने जुत्ता, कलकत्ते काइँयो केश मेरो बाँगो, पानी पर्यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं, नक्कलीलाई पातलीलाई कसरी बे गरुँ जस्ता दर्जनौं लोकगीत लोकप्रिय छन् ।
२०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका लामाले एक सयभन्दा धेरै चलचित्रमा अभिनय गरिसकेका छन् । थुप्रै टेलिचलचित्रमा पनि अभिनय गरेका लामाले पछिल्लो समय हाँस्य टेलिश्रृंखला 'हल्का रमाइलो'मा अभिनय गर्दै आएका थिए ।