यस वर्षको मिस युनिभर्सको उपाधि भारतकी हरनाज संधूले जितेकी छन् । भारतले उक्त उपाधि २१ वर्षपछि फेरि जितेको हो । २१ वर्ष अघि लारा दत्तले मिस युनिभर्स जितेकी x' ।
इजरायलमा आयोजित प्रतियोगितामा संधूले यस बर्षको मिस युनिभर्सको उपाधि जितेकी हुन् । २१ बर्षकी संधूले ७९ प्रतियोगीलाई पछि पार्दै २१ बर्षपछि भारतलाई मिस युनिभर्सको उपाधि जिताएकी छन् । प्रतियोगितामा मिस पराग्वे पहिलो रनर अप बनेकी छन् भने मिस दक्षिण अफ्रीका सेकेन्ड रनरअप बनेकी छन् ।
हरनाजले गत अक्टोबरमा मिस युनिभर्स इण्डियाको उपाधि जितेकी थिइन् । संधूले २०१९ मा फेमिना मिस इण्डिया पञ्जाब जितेकी थिइन् । उनले कैयौं पञ्जाबी फिल्ममा पनि काम गरेकी छन् ।