ताप्लेजुङका भरतमणि पौडेल ‘कमेडी च्याम्पियन’ सिजन २ काे च्याम्पियन बनेका छन् ।शनिबार बेलुका भएको ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएर उनी ‘कमेडी च्याम्पियन बनेका हुन् ।
भरतमणि च्याम्पियन बनेसँगै नगद २५ लाख रुपैंयाँ र एउटा कार पुरस्कार पाएका छन् ।भरतमणि क्यारिकेचर गरेरै दर्शकको मनमा बस्न सफल भएका हुन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहा, पूर्वयुवराज पारस शाहा,पूर्वसञ्चारमन्त्री गाेकुल बास्काेटा लगायत थुप्रै व्यक्तिकाे क्यारिकेचर गरेका थिए । त्यसलाइ दर्शकले रूचाएका थिए ।
त्यसैगरी भारत सिक्किमका विक्की अग्रवाल ‘फस्ट रनरअप’ बनेका छन् । उनले टीभीएस अपाचे मोटरसाइकल जितेका छन् ।
त्यस्तै गोरखाका सन्तोष थापा ‘सेकेण्ड रनरअप’ बन्दै एक स्कुटर जितेका छन् । हाँस्य अभिनेता हरिवंश आचार्यले विजेताको घोषणा गरेका हुन् ।