हाँस्य कलाकार शम्भुराज थापाको कोरोना संक्रमणबाट निधन भएको छ ।
५५ वर्षीय थापाको पाटन अस्पतालमा शनिबार बिहान निधन भएको हाे। थापालाई तीन साता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनी तीन दशकदेखि कलाकारितामा सक्रिय थिए । थापाले थुप्रै टेलिसिरियल तथा केही चलचित्रमा अभिनय गरिसकेका छन् ।उनको शनिबार नै पशुपति आर्यघाटस्थित विद्युतिय शव दाहगृहमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।