बलिउडका ट्रयाजेडी किङ दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन भएकाे छ । बुधवार बिहान मुम्बईको एउटा निजी अस्पतालमा निधन भएको हाे ।
स्वास्थ्यमा समस्या देखिए पछि करीब एक हप्ताअघि अस्पताल भर्ना भएका उनको अस्पतालमै निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।सास फेर्न गाह्रो भएपछि उनलाई जुन ३० मा अस्पताल भर्ना गरिएको थियो।
उनले सन् १९९४ मा ज्वारभाटा नामक चलचित्रबाट अभियन यात्रा सुरु गरेका थिए। तर सन् १९४९ मा प्रदर्शनमा आएको अन्दाजले उनलाई ख्याति दिलाएको थियो।उनको अभिनय रहका मेला, नयाँ दौर, गङ्गा जमुना, देवदास, मुग़ल ए आज़म लगायत सफल चलचित्र हुन् ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेद्र मोदीले उनको निधनमा दुःख व्यक्त गर्दै भारतीय चलचित्र क्षेत्रलाई अपूरणीय क्षति भएको जनाएका छन् ।