१५ वर्षअघि बैवाहिक बन्धनमा बाँधिएका बलिऊडका चर्चित अभिनेता आमीर खान र फिल्म प्रोड्युसर किरण राउ सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेका छन् ।
भारतीय समाचार माध्यमका अनुसार दुबैजनाले शनिबार एक संयुक्त वक्तब्य जारी गर्दै अलग्गिएपनि छोरा आजादको अभिभावकीय जिम्मेवारीमा रहीरहने जनाएका छन् । वक्तब्यमा लेखिएको छ, “अब अलग बसेपनि साझा परिवारको रुपमा रहीरहने र छोरा आजादप्रति दुबैजना समर्पित भएर हुर्काउनेछौं ।”सन् २०११ किरण राउ र आमीर खानको पहिलो सन्तान आजादको जन्म भएको थियो ।
दुबैजना पहिलो पटक बलिऊड चलचित्र ‘लगान’को सेटमा भेटेका थिए । त्यसअघि, रीना दत्तसँगको १६ वर्षे बैवाहिक सम्बन्धबाट सन् २००२ मा आमीर अलग भएका थिए । रीना दत्त र आमीरको एक छोरी इरा र छोरा जुनैद छन् ।बलिउड फिल्म उद्योगमाा कलाकारहरुको बीच सम्बन्ध जोडिनु र टुट्नु सामान्य जस्तै भएका छ ।