साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा घण्टामा नै उनको निधन भएको थियो । उनी मधुमेह र अल्जाइमर रोगबाट पनि पीडित थिइन् ।
त्रिमूर्ति निकेतनका आयोजनामा डा गिरिलाई २०७१ सालमा प्रधानमन्त्री सुशील कोइरालाद्वारा रथारोहण गराइनाका साथै रु पाँच लाख राशिसहित ‘नेपाली साहित्यका विश्व नारीरत्न’को उपाधि पनि दिइएको थियो । विसं २०७६ मा वानीरा फाउण्डेशनको स्थापना भएको थियो । सो फाउण्डेशनको पूँजी करीब रु सात करोड बराबर छ संस्थाका सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए।
गिरिको जन्म २००२ साल चैत २९ गते दार्जिलिङको खर्साङमा भएको थियो । उनी विसं २०२२ मा स्नातकोत्तर अध्ययन गर्न काठमाडौँ आएकी थिइन् । उनी २०२५ सालदेखि पद्मकन्या कलेजमा प्राध्यापन पेशामा आबद्ध थिए। नेपाली भाषासाहित्यमा विद्यावारिधि९गोपालप्रसाद रिमालको काव्यसम्बन्धी २०४२० उनी पहिलो नारी थिइन् । डा गिरिका जीवन थाय्मरु, शब्दातीत शान्तनु, कारागार जस्ता कविता, निबन्ध र उपन्यास गरेर १४ कृति प्रकाशित छन् ।