वरिष्ठ चलचित्रकर्मी तथा गीतकार चेतन कार्कीको निधन भएको छ ।
चलचित्रको लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा सक्रिय कार्कीको ८३ वर्षको उमेरमा काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा आइतबार बिहान मृत्यु भएको हो ।
संक्रमित भएपछि एक हप्तादेखि उनको सैनिक अस्पतालमा उपचार भइरहेको थियो ।गएको १६ गते देहरादुनबाट काठमाडौं आएका कार्कीलाई ज्वरो आएपछि अस्पतालमा भर्ना गरिएकाे थियाे ।
स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा विसं १९९५ साल कात्तिक २२ गते जन्मिनुभएका कार्कीको तिजको रहर आयो बरिलै, बुझ्नै सकिनौं तिमीले मेरो आँखाको भाका, माया पिरतीको चोखो कथा, यी ओठ तिम्रा, बैनीको दया छ भनेसहितका दर्जनौँ लोक, आधुनिक तथा चलचित्रका गीत लोकप्रिय छन् ।
गीत नारायण गोपाल, तारा देवी, अरुणा लामा, प्रकाश श्रेष्ठ, किरण प्रधानलगायतका गायक गायिकाले गाएका उनको गीत निकै चर्चित रहेका छन् ।