वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको बिहीबार निधन भएको छ । ८५ वर्षीय गायक प्रधानको सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा निधन भएको हाे।
छातीमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । १२ दिनदेखि सोही अस्पतालमा उपचाररत प्रधानलाई कोभिड संक्रमणको आशंका गरिए पनि उनको परीक्षणमा नेगेटिभ आएको परिवारजनले बताएका छन् ।
प्रेमध्वजका 'घुम्तीमा नआउ है', 'पर लैजाउ फुलहरु', 'नमान लाज यस्तरी'जस्ता दर्जनौं लोकप्रिय गीत छन् ।