अभिनेत्री श्वेता खड्का आज विवाह वन्धनमा बाँधिएकी छिन् ।
गोकर्ण फरेस्ट रिसोर्टमा सिमित पारिवारिक सदस्य र साथीहरूको उपस्थितिमा उनी धनगढीका विजयन्द्र सिहं रावतसँग लगनगाँठो कसेकी हुन्।उनीहरू दुबै केही समयदेखि प्रेममा थिए। उनकाे याे दाेस्राे विवाह हाे ।यसअघि उनले २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्।
विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा मृत्यु भएको थियो।विवाहको पूर्वसन्ध्यामा उनले गोकर्ण फरेस्ट रिसोर्टमा गरिएको मेहेन्दी कार्यक्रमको तस्विरहरू सामाजिक संजालमा सार्वजनिक गरेकी छन्।
तस्बिर अभिनेत्री स्वेता खड्काे फेसबुकबाट ।