कलाकार मनोज गजुरेललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । गजुरेलले सोमबार फेसबुकमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।उनले बिहीबारदेखि नै आफू आइसोलेसनमा बसेको बताएका छन् ।
काेराेना भाइरस जसलाई पनि लाग्न सक्ने भन्दै उनले 'पोजिटिभ' देखिए पनि नआत्तिन र चिकित्सकको सम्पर्कमा रहन उनले अनुरोध गरेका छन् ।