सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणमा बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छिन् । भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले रियालाई तीन दिन सोधपुछ गरेपछि प्रकाउ गरेको टाइम्स अफ इन्डियाले जनाएकाे छ ।
रियालाई भने लागुऔषध लेनदेन विषयमा एनसीबीले थप अनुसन्धानका लागि पक्राउ गरेको हो । सुशान्त सिंह मृत्यु प्रकरणबारे भारतका तीन वटा जाँच एजेन्सीले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् ।
सुशान्तको मृत्युु प्रकरण सीबीआई, आर्थिक मामिला प्रवर्तन निर्देशनालय (ईडी) र लागुऔषधसँग सम्बन्धित विषय एनसीबीले अनुसन्धान गरिरहेको छ ।एनसीबीले अभिनेता सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणबारे सेन्ट्रल इन्भेस्टिगेसन ब्युरो (सीबीआई) ले अनुसन्धान गरिरहेको छ ।