अभिनेत्री पूजा शर्माले पत्रकार प्रकाश सुवेदीप्रति आक्रोश पोखेकी छिन् ।
सुवेदीले पहिले लिएको अन्तरवार्ताका कारण ट्रोल भएकी अभिनेत्री पूजा यसबारे केही बोलेकी थिइनन् । तर सुवेदीले अर्को कार्यक्रममा पनि पूजालाई व्यङ्ग्य गरेपछि भने पूजा आक्रोशित भएकी हुन् ।
सुवेदीले अपमानजनक रुपमा कार्यक्रम बनाएर प्रसारण गरेपछि पूजाले आफ्नो फेसबुक पेजमा लामो स्टाटस पोस्ट गर्दै अब सहन नसक्ने बताएकी हुन् । लामो समय आलोचनाको शिकार बन्नु परेपछि अभिनेत्री पूजा शर्माको धैर्यको बाँध टुटेको छ ।
पूजाले अन्तरवार्तामा सोधिएका प्रश्नको आफूले उत्तर नजानेको स्वीकार्दै सोही कारण आफ्नै गल्ती ठानेर चुप बसेको बताएकी छिन् ।