जननायक बीपी कोइराला स्मृति ट्रष्टले यस वर्षको बीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार तथा इतिहासकार ज्ञानमणि नेपाल र बीपी सेनानी सम्मान पुरस्कार होमनाथ दाहाललाई प्रदान गर्ने निर्णय गरेको छ।
ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको सयोजंकत्वमा ट्रष्टका सदस्यहरु डा. धुब्रचन्द्र गौतम र सुशीलमान शेरचनको सिफारिस समितिको सर्वसम्मतिबाट उक्त निर्णय गरिएको हो।
ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीका अनुसार नेपाललाई एक लाख एक हजार राशीको पुरस्कार प्रदान गरिने छ। त्यसैगरी, दाहाललाई एकाउन्न हजार राशीको बीपी सेनानी सम्मान पुरस्कार प्रदान गरिने छ। ट्रष्टले हप्रजातन्त्र स्थापनाको संर्घषमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै दाहाललाई पुरस्कार दिने निर्णय गरेको हो।
दुबै पुरस्कार आगामी भदौ २४ गते बीपी जयन्तीको अवसरमा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने छ।
ट्रष्टले ०७१ देखि प्रत्येक वर्ष बीपी जयन्तीका अवसरमा बीपी साहित्य सम्मान पुरस्कार र सेनानी सम्मान पुरस्कार प्रदान गर्दै आएको छ। यसअघि २०७१ मा बीपी साहित्य सम्मान वरिष्ठ साहित्यकार स्व. रत्नशम्शेर थापा र बीपी सेनानी सम्मान नुतन थपलियालाई प्रदान गरिएको थियो। यस्तै, ०७२ मा बीपी साहित्य सम्मान साहित्यकार गोपाल पराजुलीलाई र सेनानी सम्मान स्व. तारानाथ कोइरालालाई प्रदान गरिएको थियो। २०७३ मा साहित्य सम्मान पुरस्कार साहित्यकार भुवन ढुङ्गाना र सेनानी सम्मान श्यामलाल श्रेष्ठलाई प्रदान गरिएको थियो।
२०७४ मा साहित्यतर्फ प्राडा अभि सुवेदी र सेनानी सम्मान दाङका तीर्थराज चैतुलाई प्रदान गरिएको थियो। यस्तै २०७५ मा साहित्यतर्फ रोचक घिमिरे र प्रजातन्त्र सेनानी सम्मान स्व. चक्र प्रसाद बास्तोलालाई प्रदान गरिएको थियो।
गत वर्ष २०७६ मा बीपी साहित्य सम्मान तिल बिक्रम नेवाङ (बैरागी काहिला) र प्रजातन्त्र सेनानी सम्मान मधुकान्त सिंहलाई प्रदान गरिएको थियो।