बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको छ।
भारतीय अनलाईन इण्डियन एक्सप्रेसका अनुसार उनलाई शनिबार राति मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ। उनका छोरा तथा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण भएको छ।
७७ बर्षीय अमिताभले ट्वीटमार्फत आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी गराएका छन्। उनले भनेका छन्, ’मेरो कोभिड १९ परीक्षण पोजेटिभ आएको छ। म अस्पताल भर्ना भएको छु। परिवारका बाँकी सदस्यको र कर्मचारीहरूको पनि कोरोना परीक्षण भएको छ। उनीहरूको नतिजा आउन बाँकी छ।’
अभिताभले आफ्नो ट्वीटमा यो पनि भनेका छन्, ’पछिल्ला दस दिनमा जो मेरो सम्पर्कमा आएको हुनुहुन्छ, उहाँहरूले आफ्नो कोरोना भाइरस परीक्षण गराउनुहोला।’