अभिनेता सुशांत सिंह राजपूतले आइतवार आफ्नै घरमा आत्महत्या गरेका छन् ।उनले आफ्नै घर बान्द्रामा झुण्डिएर आत्महत्या गरेका हुन् ।
आत्महत्याको कारण थाहा हुन सकेको छैन ।मुम्बई पुलिस उनको घर पुगेर आत्महत्याकाे अनुसन्धान सुरु गरेकाे छ। सुशांत लामो समयदेखि डिप्रेशनमा थिए ।
यद्यपि आधिकारिक रूपमा अझसम्म केही सार्वजनिक गरिएको छैन।राजपुतले ‘काइपोचे’ फिल्मबाट सन् २०१३ मा बलिउडमा डेब्यु गरेका थिए । भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा राजपुतले मुख्य भूमिका निभाएका थिए ।३४ वर्षीय राजपुतले पछिल्लो समय ‘केदारनाथ’ फिल्ममा अभिनय गरेका थिए ।
राजपुत लकडाउनको समयमा बान्द्रास्थित अपार्टमेन्टमा एक्लै बस्ने गर्थे। उनी डिप्रेसनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।