नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकन आइडलमा उपविजेता बन्न सफल भएका छन् ।कोरोना भाइरसको त्रास छाइरहेका बेला दिवेशको यो उपलब्धिले नेपाली समुदायमा उत्साह छाएको छ ।
अमेरिकन आइडलको १८ औं संस्करणको अडिसन राउन्डदेखि नै दिवेशले चर्चा बटुलेका थिए । निर्णायक लियोनल रिचीले दिवेशको गायिकीलाई बब मार्लीसँग दाँजेका थिए ।अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।
२१ वर्षीया जस्ट साम भने अमेरिकन आइडल घोषित भएका छन् । धेरै भोट पाएपछि स्यामलाई विजेता घोषणा गरिएको हो । यो शो एबिसी टेलिभिजनबाट प्रसारण भएको थियो । कोभिड–१९ का कारण सबै प्रतियोगीले घरबाटै प्रस्तुति दिएका थिए ।घाषणापछि उनले सबैमा आभारसमेत व्यक्त गरेका छन् ।