नायिका स्वस्तिमा खड्का र केकी अधिकारीले अमेरिकन चलचित्रमा अभिनय गर्ने भएका छन्।
एक अमेरिकन समूहले अङ्ग्रेजी भाषामा निर्माण गर्ने फिल्ममा उनीहरू अनुबन्ध भएको बताइएको छ। अन्य कलाकार हलिउडकै हुने भएता पनि नेपालबाट यी दुइ नायिकाकाे अभिनय रहने भएको छ । स्वस्तिमा र केकीसँगै अन्य केही नायिकाहरूले पनि अडिसन दिएका थिए ।
नेपाली कथानक चलचित्र होस्टेल रिटर्न्स बाट नेपाली चलचित्र क्षेत्रमा आफ्नो करियर शुरु गरेकी स्वस्तिमाले हालसम्म अभिनय गरेको चलचित्रहरू दर्शकले रुचाइरहेका छन् ।नेपाली कथानक चलचित्र पदार्पण स्वरबाट नेपाली चलचित्र क्षेत्रमा उदाएकी केकी अधिकारीले पनि धेरै चलचित्रमा अभिनय गरिसकेकी छिन् ।
चलचित्रको सम्पूर्ण छायाङ्कन अमेरिकामा नै हुने बताइएको छ । कोरोनाको त्रास सकिएलगत्तै चलचित्रको छायाङ्कन सुरु हुने भएको छ।