बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा निधन भएको छ। क्यान्सरबाट पीडित ऋषि कपुरको मुम्बईको सर एचएन रिलायन्स फाउण्डेशन अस्पतालमा बिहिबार निधन भएको हो।
अस्वस्थ भएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो। अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बरमा स्वदेश फर्केका थिए।
उनले आफ्नो फिल्मी करियर सन् १९७३ मा बबी फिल्मबाट सुरु गरेका थिए। ऋषि कपुर दिग्गज अभिनेता राज कपुरको छोरा हुन्। ऋषिका छोरो रणवीर पनि अभिनेता हुन्।
बुधबारमात्रै बलिउडले एक चर्चित अभिनेता इरफान खानलाई गुमाएको थियो ।