हालै गरिएको एउटा अनुसन्धानका अनुसार महिलामा नराम्रो निन्द्राका कारणले मुटु रोग र मोटोपनाको खतरा बढ्न सक्छ । यो अनुसन्धान जर्नल अफ द अमेरिकन हर्ट एसोसिएसनमा प्रकाशित छ ।
२० देखि ७६ वर्षको उमेरका ४ सय ९५ महिलामा गरिएको यो अनुसन्धानमा महिलाको आहार र उनीहरुको निन्द्राको गुणस्तरबीचको सम्बन्धको जाँच गरिएको थियो । यो अनुसन्धानमा निन्द्राको गुणस्तर,सुत्न लाग्ने समय र निन्द्राको कमीको विश्लेषण गरिएको थियो ।
अनुसन्धानमा के पाइयो भने जुन व्यक्तिमा निन्द्राको गुणस्तर खराब थियो उनीहरुले बढी मात्रामा चिनीयुक्त खाद्य पदार्थको सेवन गरेका थिए, जसले गर्दा मोटोपन र मधुमेहमा बृद्धि भएको थियो । अध्ययन अनुसार महिला जीवनभर नराम्रो निद्रासँग जुध्ने गरेका छन् किनभने उनीहरुलाई धेरैजसो बच्चा र परिवारको हेरचाह गर्ने जिम्मेवारी हुन्छ ।