हिमेश पन्तले नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी ‘कमेडी च्याम्पियन’ हात पारेका छन्। रियालिटी सो ‘कमेडी च्याम्पियन’ को शनिबार भएको ग्रान्ड फिनालेमा दुई प्रतिस्पर्धीलाई पछाडि पार्दै पन्तले ‘कमेडी च्याम्पियन’ हात पारेका हुन्।
च्यासलस्थित ‘कमेडी च्याम्पियन’को स्टुडियोमा भएको ग्रान्ड फिनालेमा उनले सुमन कोइराला र खड्गबहादुर पुनलाई पाखा लगाउँदै उपाधी हात पारेका उनले २५ लाख नगद र कार पाएका छन्।
‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक थिए। सोको होस्ट रिमा विश्वकर्माले गरेकी थिइन्। ‘कमेडी च्याम्पियन’को ग्रान्ड फिनालेमा प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य रहेका थिए।