गायक अविनास घिसिङको ‘माथिल्लो लेकमा (सेलो टन)’ बोलको गीत सार्वजनिक भएको छ।
युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा सुवानी मोक्तान, अराज केशव र डिजे तेन्जिङ फिर्चड छन्। गीतको भिडियोलाई बिभोर पोखरेलले निर्देशन गरेका हुन्।
गायक अविनासकै शब्द तथा संगीत रहेको गीतमा दुई युक्रेनी, एक रसिया र एक इजरायली कलाकारहरु कोरशमा देखिएका छन्। नेपाली सेलो टन मा आधारित गीतको भिडियोलाई अनिल के मानन्धर र मिलन शंकरले छायाँकन गरेका छन्।
क्याटमाडौं इन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीतमा मोहित मुनालको ध्वनी संयोजन रहेको छ भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। यसअघि गायक घिसिङको ‘लाइसेन्स ठेक्का’ दर्शकले एकदमै रुचाएका थिए ।