काठमाडौंको टुँडिखेलमा यही फागुन १६ गतेदेखि फागुन २० गतेसम्म ‘राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव–२०७६’ को हुने भएको छ।
आयोजक संस्था डिएआर मुभिज प्रा.लीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको गरी यस्तो जानकारी गराएको हो।
‘काँठे क्षेत्रको कला र संस्कृति हरेक नेपालीको शान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान’ मूल नारासहित उक्त महोत्सवको आयोजना गर्न लागिएको महोत्सवका संयोजक नवराज ढुंगानाले जानकारी दिए। महोत्सव समापन समारोहमा संस्कृतविद् सत्यमोहन जोशीको पनि उपस्थिति रहने आयोजकले बताएका छन्।
प्रतियोगितामा कुल ७४ एटिम सहभागी रहने छन्। महोत्सवमा प्रथम हुनेलाई नगद ३ लाख, मेडल, प्रमाणपत्र १, अन्य पुरस्कारहरु, दोस्रो हुनेलाई नगद २ लाख, मेडल प्रमाणपत्र १ अन्य पुरस्कारहरु प्रदान गर्ने आयोजकले जनाएको छ।