गायिका आस्था राउत चार हजार धरौटी बझाएर छुटेकी छिन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले गायिका राउतलाई मंगलबार धरौटीमा रिहा गर्न आदेश दिएको थियाे ।
अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई सोमबार ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएका थिए।गायिका राउत सोमबार बिहान आफैं महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएर आफूले गल्ती गरेको स्वीकार गर्दै क्षमायाचना गरेकी थिइन्।
प्रहरीले उनीसँग प्रारम्भिक बयान लिएपछि थप कानुनी प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालय लगेको थियो।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापा जाने क्रममा राउतले माघ २ गते बिहीबार प्रहरी जवान रमिता श्रेष्ठमाथि अभद्र व्यवहार गरेको उजुरी परेको थियो।