गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाहबीचकाे लामाे समयदेखिकाे वैवाहिक सम्बन्ध विच्छेद भएको छ । मंगलबार निलमले अदालतमा सम्बन्ध विच्छेद गरी पाऊँ भनी निवदेन दिएकी थिइन् ।दुबैले बुधबार जिल्ला अदालत काठमाडौंमा गएर सम्बन्ध विच्छेद गरेका हुन् ।सम्बन्ध विच्छेदका क्रममा भएकाे सहमति अनुसार छोरी भने आमा निलमसँगै रहने छिन्।
निलमले ढकालबाट अंश नलिने अदालतसामू बताएकी छिन्।उनीहरुबीच खटपट भएको कहिल्यै नसुनिए पनि लालिगुराँस सहकारीसँगको ऋणसम्बन्धि मुद्दाका कारण यो दम्पति केही समयदेखि तनावमा थियो। सामाजिक सञ्जालमा स्टाटस लेख्दै रामकृष्णले आफूहरुबीचको सम्वन्ध कहिल्यै नमर्ने उल्लेख गरेका छन् ।न्यायाधीश विदुर कोइरालाको इजलासले बुधबार पेस भएको निवदेनउपर सुनुवाई गर्दै दुवैलाई सहमतिमा अलग हुने फैसला सुनाएको हो।