नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा रक्षासिंह राणा निर्वाचित भएकी छन् । राजधानीमा शनिबार भएको साधारणसभामा ३ वर्षे कार्यकालका लागि रक्षाले निकटतम प्रतिस्पर्धीभन्दा १ मत बढी ल्याउँदै अध्यक्षमा निर्वाचित भएकी हुन् । अध्यक्षमा ४ जनाको उम्मेदवारी परेको थियो ।
रक्षाले ४५ मत पाइन् भने उनका निटकतम प्रतिस्पर्धी सुचित्रा श्रेष्ठले ४४ मत ल्याइन् । अध्यक्षका अर्का उम्मेदवार लक्ष्मण रिजाल १९ मत ल्याए भने शेखर खनालले ३ मत मात्रै पाए ।
यस्तै उपाध्यक्षमा राजु अधिकारी र राजेन्द्रकुमार उप्रेती विजयी भए । जनकदीप सापकोटा भने महासचिव पदमा विजयी भए । सचिव पदमा अरुणकुमार प्रधान विजयी भए । कोषाध्यक्षमा समुद्र भट्ट निर्विरोध चुनिए । ३ वर्षपछि भएको निर्वाचनमा चल्तीका निर्देशकको भने उपस्थिति देखिएन ।
यस्तै सह-कोषाध्यक्ष हरि सिलवाल तथा सदस्यहरुमा भने किशोर भण्डारी, भीषण राई, दीपक ओली, राज बस्न्यात, देवेन्द्र पाण्डे, नवीन अवाल, थमनसिंह पुर्जा र सुरेश न्यौपाने चुनिए ।