बलिउड अभिनेत्री राधिका अप्टे आफ्नो सेक्सी र बोल्ड लुक्सका कारण सधैं चर्चाको केन्द्रविन्दुमै हुन्छिन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै व्यस्त रहन्छिन् । राधिकाले बेला-बेला सामाजिक सञ्जालमा आफ्ना उही सेक्सी एन्ड बोल्ट तस्बिरहरु सार्वजनिक गर्दै आएकी छन् ।
इन्टरनेटमा राधिकाको सेक्सी लुक भाइरल हुन्छ । अहिले एकपटक फेरि उनको सेक्सी लुकले इन्टरनेट रंगिएको छ । सेक्सी ड्रेसमा देखिएकी राधिकाका गज्जब लाग्दा तस्बिरहरु हेरौं । एक अवार्ड कार्यक्रमका दौरान खिचिएका तस्बिर अहिले भाइरल बनेका हुन् । उसो त उनका इन्स्टाग्राम एकाउन्ट पनि सेक्सी फोटो र भिडियोले भरिएको देख्न सकिन्छ ।
उनी पछिल्लोपटक बलिउड फिल्म अन्धाधुनमा देखिएकी थिइन् । यसमा उनको भूमिका भने आयुष्मान खुरानाकी गर्लफ्रेन्डका रुपमा देखिन्छ । बक्स अफिसमा सुपरहिट भएको यो फिल्मका कारण बलिउडमा राधिकालाई काम पनि भ्याइनभ्याइ थियो ।
राधिका आफूले अभिनय गरेको फिल्मसँगै फोटो सुटमा पनि निकै अब्बल तथा सफल दरिएकी छन् । बेला-बेला उनी हट फोटो सुटकै कारण चर्चामा आउने गर्छिन् । यसपटकको फोटो सुटले पुन: उनलाई चर्चामा ल्याएको छ ।