नेपाली चलचित्रका पुराना अभिनेता दीपक क्षेत्रीको निधन भएको छ । क्षेत्री शनिबार डिल्लीबजारस्थित आफ्नै निवासमा मृत अवस्थामा फेला परेका थिए ।मृत्युको कारण खुली नसकेको प्रहरीको भनाइ छ।
क्षेत्रीको शवलाई पोष्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल राखिएको छ । क्षेत्रीकी पत्नि विपना बस्नेत मलेसियामा भएको कारण उनको अन्तेष्टी आइतबार मात्रै हुने परिवारिक स्रोतले जनाएको छ ।
५८ वर्षीय क्षेत्री घाँटीमा मासु पलाउने समस्याका कारण लामो समयदेखि विरामी परेका थिए।२०४३ सालदेखि अभिनय यात्रामा लागेका कलाकार क्षेत्रीले ‘दिदी’, ‘पृथ्वी’, ‘सिमाना’, ‘शंकर’, ‘अंशबन्डा’, ‘झोला’, ‘बुलबुल’ ‘बादशाह जुट’ लगायत थुप्रै चलचित्र र टेलिफिल्ममा काम गरिसकेका छन् ।