विभिन्न महिलाहरुसँग नाम जोडिएर विवादमा आउने गरेका पूर्व युवराज पारस शाह आजकाल युट्युबर एवं मोडल सोनिका रोकायसँग निरन्तर देखिइरहेका छन्।
पारससँग अन्नपूर्ण बेसक्याम्पसम्म हेलिकोप्टरमा यात्रादेखि कास्कीका रिसोर्टमा सँगै पिङ खेलेकासम्मको भिडियो बनाएर सोनिकाले आफ्नो युट्युब च्यानलमा राखिसकेकी छिन्। ती भिडियोले पनि निकै चर्चा पाएका थिए। पारसको सामिप्यतासँगै उनको भिडियो बनाएर सोनिकाले आफ्नो च्यानलमा भ्युज बटुलेकी छिन्।
पछिल्लोपटक पारससँग फेवातालमा रम्दै गरेको भिडियो उनले राखेकी छन्। उनले भिडियोमा पारसको प्रशंसा गर्दै उनीसँगको वार्तालाप पनि समेटेकी छन्। भिडियोमा पारस आफैंले डुंगा खियारहेको देखिन्छ।