काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मंसिर २५ गतेदेखि सुरु हुँदै छ । यसपटकको किम्फमा २९ देशका ६६ फिल्म देखाइनेछ ।
राष्ट्रियसभा गृह र नेपाल पर्यटन बोर्डमा हुने किम्फ मंसिर २९ गतेसम्म चल्ने आयोजक हिमाल एसोसिएसनले जनाएको छ ।
महोत्सवमा नेपाली पानारोमाअन्तर्गत १४ र २९ देशका ६६ फिल्म प्रदर्शन हुँदैछ । ६९ देशबाट प्राप्त ४ सय २७ मध्ये छनोटमा परेका ६६ फिल्म प्रदर्शन गरिने भएको हो ।
महोत्सवमा १७ फिल्म भने प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धाअन्तर्गत पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः २ लाख, १ लाख ५० हजार र १ लाख रुपैयाँ पुरस्कार राखिएको छ ।