डिसेम्बर १४ मा हुने ‘मिस वर्ल्ड’ प्रतियोगितामा नेपालसहित १ सय २४ मुलुकका सुन्दरी सहभागी भएका छन् । अहिले भने भोटिङ राउन्ड चलिरहेको छ ।
यसैका लागि नेपालबाट प्रतिनिधित्व जनाउँदै 'मिस नेपाल वर्ल्ड' अनुष्का श्रेष्ठ लन्डनमा छिन् । उनले यही भोटिङ राउन्डमा दोस्रो स्थानमा पुगेकी छन् । अनुष्कालाई भियतनामकी सुन्दरी लोअङ थुय लिंहले भोटिङ राउन्डमा उछिनेकी छन् ।
यस्तै बंगलादेशकी सुन्दरी रफह तेर्साले भने अनुष्कालाई पछ्याइरहेकी छन् । अहिले ती १२४ देशका सुन्दरीले आफ्नो भोट बढाइरहेका छन् ।