नेपाली फिल्म ‘सेल्फी किङ’को टिजर सार्वजनिक भएको छ । युट्युबबाट सार्वजनिक गरिएको टिजरमा मुख्य पात्र विपिन कार्कीको क्यारेक्टरलाई देखाइएको छ ।
टिजरमा विपिनको सेलिब्रिटी हुँदाको रवाफ र आउटडेटेड कलाकार भइसकेपछिको अवस्था चित्रण गरिएको छ । अर्थात् टिजर विपिनकै वरिपरि घुमेको छ ।
यो फिल्ममा विपिनलाई कमेडियन सेलिब्रिटीका रुपमा देख्न पाइनेछ । फिल्मको निर्देशन तथा लेखन विशाल सापकोटाको छ । माघ २४ गते रिलिज हुने फिल्मका निर्माता भने दिनेश राउत र सुवास थापा हुन् । सुशन प्रजापतिले खिचेको फिल्ममा जीवन थापाको सम्पादन छ ।
आरम्भमा आफ्नो स्टारडम देखेर दंग परेका विपिनलाई पछि सोही स्टारडम भारी भएको छ । टिजरमा एउटा संवाद छ- ‘यो मुला स्टारडम मुतको न्यानो जस्तै हो । एकछिन तातो हुँदा मज्जा आउँछ । तर, जब चिसो हुन्छ नि अनि गन्हाउन थाल्छ, घिन लाग्न थाल्छ ।’