अभिनेत्री ऋचा शर्माले यही मंसिर २१ मा झ्याइँ पार्ने भएकी छन् । यानि उनी बेहुली बन्नेछिन् ।
पोखरामा ब्याचलर पार्टी खाएसँगै ऋचाले कहिले बिहे गर्ने होला भन्ने सबैमा कौतुहल थियो । उनले आफ्नो बिहेबारे औपचारिक जानकारी भने दिएकी थिइनन् । अब भने उनको बिहे यही मंसिर २१ मै हुने पक्का छ ।
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै विवाहका लागि जुरेको साइतै सार्वजनिक गरेकी छन् । ऋचाले सामाजिक सञ्जालमा ‘सेलिब्रेटिङ लब’ लेखेको कार्ड सार्वजनिक गर्दै प्रेम दर्शाउने सबैप्रति धन्यवाद दिएकी छिन् ।
ऋचाले ललितपुरमा रहेको लबिम् मलका म्यानेजर दीपेशविक्रम राणा (दिपेक्ष) सँग गर्ने भएकी हुन् । उनीहरुबीच २ वर्षदेखिको प्रेम सम्बन्ध थियो ।