नेपाली गीत संगीतको बजारमा अर्को एक मेलोडियस आधुनिक गीत थपिएको छ ..म रोएको पल । गासिएको मायाप्रेममा आउने उतारचढावलाई गीतको कथाको माध्यमबाट प्रस्तुत गरिएको उक्त गीत मार्मिक छ ।
म रोएको पल तिमी हाँसे पनि
गर्दिन कुनै गुनासो..तिम्रो मर्जी
मन मिल्दा सँगै बाच्ने र मर्ने कसम खाएका प्रेमीहरु मन नमिलेपछि कसरी बदलिन्छन् भन्ने यथार्थ चित्रण गीतले गरेको छ।
यस गीतमा डी पी दाहाल परिश्रर्मीको गीत रचना, राजेश कैदीको संगीत र सुमन केसीको श्वर रहेको छ । एक पछि अर्को मिठा गीतहरु पस्कीरहेका गीतकार परिश्रमीले यस गीतमा पनि गहिरा शब्द चयन गरेका छन् । गीत संगीत क्षेत्रमा निरन्तरता दिईरहेका यी तिनै गीतकार, संगीतकार र गायकको मेहनतले गीतलाई उचाई प्रदान गरेको छ भने गीतको म्युजिक भिडियो पनि सर्बजनिक भएको छ ।
नेपाली चलचित्र क्षेत्रका सफल नृत्य निर्देशक कमल राईको निर्देशन रहेको यस भिडियोलाई चलचित्र क्षेत्रमा सफल छाँयाकार शिब ढकाल रहेका छन्। । आजै रिलिज भएको चलचित्र लभ यु हमेशामा हिरो हिरोईनको अभिनय गरेका कलाकार एसराज, फिजा योन्जन, लगायत नयाँ प्रस्तुती सुदीप भट्टराई लगायतका कलाकारले यस भिडियोमा अभिनय गरेका छन्। गीतमा नरम भाषामा तिखो प्रहार पनि पाईन्छ ।
म हाँसेको पल तिमीलाई दुखे पनि
गर्दिन कुनै गुनासो...तिम्रो मर्जी
गीतका शब्दहरुमा यस्तो शिलशीला जोडिएको पाईन्छ ।
बिगतको यात्राको फिक्री नगर
आउदो जात्राको दिन गन्ती गर
छोडी जानु थियो सायद टाढा भयौ
बिन्ती अब मेरो सामु पर्दै नपर
सम्हाल्न सक्छु आफैलाई तिमी बिना
अब जे जे गर्छौ गर.. तिम्रो मर्जी
गीतमा तिम्रो मर्जीले गीतका भाबहरुलाई सन्तुलित बनाएको पाइन्छ ।
यस गीतलाई युटुबमा डी पी दाहाल परीश्रमी एकाउन्टमा हेर्न सकिन्छ । यस गीतको अडियो तथा भिडियोलाई डिलाईटेड म्युजिकले उत्पादन तथा बिक्री बितरण गरेको छ ।