भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि समेटेपछि गायक रामकुमार कार्कीले देशभक्ति पूर्ण गीत ‘कालापानी हाम्रै हो’ सार्वजनिक गरेका छन् ।
गीतमा मिचिएको सीमा फिर्ता गर्न सबै नेपाली एकसाथ जुटौं भन्ने सन्देश दिन खोजिएको छ । गीतको शब्द राजेन्द्रकुमार कार्की तथा लय सिर्जना रामकुमार पौडेलको छ ।
गीतमा रामकुमार कार्की, रामकुमार पौडेल, राजेन्द्रकुमार कार्की, कमला खड्का र पूजा विश्वकर्माको स्वर छ ।