अभिनेता विराज भट्टले निर्देशन गरेको नेपाली फिल्म ‘साङ्लो’ माघ २४ गतेका लागि रिलिज डेट तय गरेको छ । यसअघि ‘साङ्लो’ को रिलिज डेट फागुण ९ गतेका लागि तोकिएको थियो ।
फिल्ममा विराजसँगै नीकिता चन्डकको अभिनय देख्न सकिनेछ । केही दिनमै पहिलो गीत रिलिजको तयारीमा अभिनेता तथा निर्देशक भट्ट छन् । उनले फेसबुकमार्फत चाँडै पहिलो गीत रिलिजको तयारीमा रहेको जनाउसमेत दिएका छन् ।
फिल्म ‘साङ्लो’को विषयवस्तु नखुलाइए पनि एक्सनप्रधान हुने अनुमान छ । उसो त माघ २४ गते अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘सेल्फी किङ’ पनि रिलिज हुँदै छ ।