अमेरिकाको महिलासम्बन्धी अखबार 'हार्पर्स बजार' म्यागजिनमा एन्जेलिना जोलीको बोल्ड अवतार देखिने भएको छ । ओस्कार जितेकी विश्व चर्चित हलिउड अभिनेत्री जोलीले डिसेम्बरमा प्रकाशित हुने हार्पर्स बजारमा बोल्ड फोटो सुट गरिएको छ ।
४४ वर्षीया जोलीको तस्बिर चर्चित फोटो ग्राफर सोल्भ सुन्ड्सबोले खिचेका हुन् जसमा उनी निकै बोल्ड देखिएकी छन् । जोलीको मुख्य भूमिका रहेको हलिउड फिल्म ‘मेलिफिसेन्ट : मिस्ट्रेस अफ इभिल’ हालै मात्र विश्वभर प्रदर्शनमा आएको थियो ।
जोली र उनका पति ब्राड पिटबाट ३ सन्तान छन् । साथमा उनीहरुले ३ अनाथ बालबालिकालाई पनि सन्तानकै रुपमा पालनपोषण गर्दै आएका छन् । तिनै हट जोलीका केही बोल्ड तस्बिर यस्ता छन् । -एजेन्सी