‘कमेडी च्याम्पियन’को प्रोमो सार्वजनिक भएको छ । पहिलोपटक नेपालमा हुन लागेको ‘कमेडी च्याम्पियन’ शो को प्रोमो सार्वजनिक भएको हो ।
सार्वजनिक प्रोमोमा चार निर्णायकसँगै दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी, रिमा विश्वकर्मालाई देख्न सकिन्छ । प्रोमोमा कलाकार दीपकराज भन्छन्, 'रिचाको बिहे हुँदै छ भन्नेमा म त्यति खुसी छैन, किन भने म राम्रा केटीको बिहे हुनलाग्दा कहिल्यै पनि खुसी हुन्नँ ।'
जवाफमा कार्यक्रमकी होस्ट रिमा भन्छिन्, 'हजुरहरु जस्तै शुभचिन्तकको बददुवाले होला कसै-कसैको टिक्दैन रहेछ ।' अब भने निर्णायक बनेर बसेका मनोज गजुरेलला नै लक्षित गरी आएको अभिव्यक्ति हो भन्ने ठम्याउन गाह्रो भएन । अनि ऋचाको हासोको पर्रा छुटिहाल्यो । त्यसपछि निर्णायक बनेका मनोजले पनि तत्काल जवाफ फर्काइहाले, 'जसको टिक्छ, उसको ठीक छ भन्ने पनि होइन ।' यसपछि सबको मुड खुस । चौतर्फी हासोकै फोहरा छुट्यो ।
मंसिर ९ गते सोमबारबाट कान्तिपुर टीभी र रेडियो अडियोबाट ‘कमेडी च्याम्पियन’ शो सुरु हुने आयोजकको भनाइ छ ।
‘कमेडी च्याम्पियन’का निर्णायकमा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई छन् । नेपालमै पहिलोपटक हुन लागेको कमेडी शोका विजेताले नगद २५ लाख रुपैयाँ र एउटा कार पुरस्कारमा पाउनेछन् ।