पत्रकार ऋषि धमला उनकै शैलीका कारण चर्चित छन् । उनीसँगै उनकी पत्नी एलिजा गौतमले पनि चर्चाकै लागि हरेक फन्डा गर्न माहिर छिन् ।
आफ्नै लगानीमा नेपाली फिल्म ‘अनुराग’ मा अभिनयसमेत गरेकी एलिजा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले भरखरै मात्र स्विमिङ पुलमा विकिन अवतारमा गरेको फोटो सुट अहिले चर्चामा छ । उनले फेसबुकमा ‘बेबी पिंक’ कलरको बिकिनीमा खिचाएका तस्बिर सार्वजनिक पनि गरेकी छन् । उसो त उनले बेलाबेला आफ्ना तस्बिरहरु फेसबुकमार्फत सार्वजनिक गरिरहे पनि यसपटकको बिकिनी अवतारले निकै चर्चा दिलाएको छ । उनले विकिनी अवतारका तस्बिरसँगै एउटा कवितात्मक स्टाटस पनि लेखेकी छन् । ‘साँच्चै जिन्दगी कसले बुझ्यो ? केही पाउन केही गुमाउनुपर्छ भन्नेले बुझ्यो कि ! सबथोक गुमाएर पनि केही नपाउनेले बुझ्यो ! मैले त केही बुझिनँ ?’ उनको फेसबुकमा स्टाटस छ ।
विकिनीमा एलिजा निकै हट देखिएकी छन् । हेरौं एलिजाका विकिनी अवतारमा खिचिएका केही तस्बिर ।