नेपाली फिल्म ‘सेल्फी किङ’ को पोस्टर सार्वजनिकसँगै रिलिज डेट पनि तोकिएको छ । निर्माण पक्षले माघ २४ मा रिलिज डेट तोक्दै मंगलबार पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा अभिनेता विपिन कार्कीलाई भिन्दै अवतारमा प्रस्तुत गरिएको छ ।
फिल्ममा टेलिभिजनका एक चर्चित हास्य कलाकारले कला यात्राका दौरान आफूले पाएको सफलता र व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन गर्ने संघर्ष देख्न पाइने छ । विशाल सापकोटाले निर्देशन गरेको फिल्म ड्रामा र कमेडीको फ्युजन छ । फिल्ममा विपिनसँगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सबिन बास्तोला, कमल देवकोटा, राजेश बिसुराललगायत कलाकारको अभिनय देख्न सकिनेछ ।