नेपाली फिल्मजगतका कलाकार तथा नायक विपिन कार्कीलाई पुत्री लाभ भएको छ । विपिनकी पत्नी रेश्मा कटुवालले आज (सोमबार) बल्खुस्थित बयोधा अस्पतालमा छोरी जन्माएकी हुन् ।
५ वर्षअघि विवाह गरेका विपिन-रेश्मालाई पहिलो सन्तानका रुपमा पुत्रीलाभ भएको हो ।
अभिनेता विपिनले हालै मात्र ‘सेल्फी किङ’ को छायांकन सकेका छन् ।