अक्षय कुमार, करिना कपुर, दिलजित र कियरा अडवानीको मुख्य भूमिका रहेको चलचित्र ‘गुड न्युज’को ट्रेलर सार्वजनिक भएको छ । कमेडी जनरामा बनेको फिल्मले २७ डिसेम्बरलाई रिलिज डेट तोकेको छ ।
राज मेहताको निर्देशनमा बनेको फिल्मलाई धर्मा प्रोडक्शनले बनाएको हो ।
ज्योति कपुरको कथा तथा पटकथा रहेको फिल्म फरक कथामा तयार भएकाले बक्स अफिसमा राम्रो कमाइ गर्ने अपेक्षा पनि गरिएको छ ।