भारतीय गायक एवं संगीतकार अनु मलिकले यौन हिंसाको आरोपमा आफ्नो मुख खोलेका छन् । उनले सोसल मिडियामा एउटा लामो नोट लेखेका छन् जसमा उनले आफूमाथि लागेको ‘मीटू’ को आरोपलाई आधारहीन बताएका छन् ।
‘पछिल्लो एक वर्षदेखि ममाथि केही यस्तो आरोप लागिरहेका छन् जुन मैले गरेकै छैन । तर म चुप बसेँ । वास्तविकताले आफैं मुख खोल्छ भनेर म प्रतिक्षा गरिरहेँ । तर मलाई महसुस भयो कि मेरो मौनतालाई मेरो कमजोरी ठानियो,’ अनुले लेखेका छन्, ‘झुटो र अपुष्ट आरोपले मेरो इज्जत मात्रै होइन यसका कारण मैले र मेरो परिवारले मानसिक प्रताडनको सामना गर्नुपर्यो । हामीलाई गहिरो आघात पुग्यो र मेरो करियर बर्बाद भयो । म आफूलाई असाहय महसुस गरिरहेको छु । जस्तै कि म एक्लो भएँ र मैले निस्सासिएको महसुस गरिरहेको छु । यो उमेरमा मेरो यो अपमान हो । मैले यो उमेरमा आएर अत्यधिक बदनामी झेल्नुपर्यो । मेरो नामसँग थुप्रै भयानक घटना जोडिएँ ।’