रानी मुखर्जीको मुख्य भूमिका रहेको फिल्म ‘मर्दानी २’ को ट्रेलर रिलीज गरिएको छ। फिल्ममा पुलिस इन्स्पेक्टर रानी शिवानी शिवाजी रावको भूमिकामा छन्।
फिल्म राजस्थानको कोटामा भएको एक बलात्कारको सत्य घटनामा आधारित हो। यशराज फिल्म्सको ट्विटर ह्यान्डलमा ट्रेलरलाई शेयर गरिएको छ। भिडियो शेयर गर्दै निर्माण कम्पनीले भनेको छ, ‘उनी फर्किइन्, उनी रोकिनेछैनन्, उनी शिवानी शिवाजी राव हुन्।’
फिल्मको कथा राजस्थानको कोटामा भएको एक बलात्कार घटनामा आधारित छ । ट्रेलरअनुसार कोटामा एक किशोरीमाथि बलात्कार गरी हत्या गरिन्छ र नालीमा फँ्याकिन्छ। इन्स्पेक्टर शिवानी यो बलात्कार कान्डका आरोपलाई खोज्न लाग्छिन्। यहीबीचमा अर्को बलात्कार घटना पनि हुन्छ । ट्रेलरमा आरोपीको अनुहार देखाइएको छैन, आवाजमात्र सुनाइएको छ। यो फिल्ममा रानीको सामना २१ वर्षको भिलेनसँग हुनेछ ।
फिल्मलाई गोपी पुुत्रनले निर्देशन गरेका हुन् भने प्रोडक्सन आदित्य चोपडाले गरेका हुन्।