आज (शुक्रबार) बाट ‘जीवन काँडा कि फूल’ र ‘घामड शेरे’ प्रशर्दनमा आएका छन् । साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त कृति जीवन काँडा कि फूलमा आधारित फिल्म ‘जीवन काँडा कि फूल’ विनोद विष्टले निर्माण तथा निर्देशन गरेका हुन् ।
उता घामड शेरेलाई हेमराज बीसीले निर्देशन गरेका हुन् । घामड शेरेमा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै सुष्मा निरौला, गौरी मल्ल, बादल भट्ट, लोकन्द्र लेखक, सरोज अर्यालसहितका कलाकारको अभिनय देख्न सकिन्छ । फिल्ममा सिमोस सुनुवार, हेमराज बीसी र नरेन्द्रविक्रम बुढाक्षत्रीको लगानी छ ।
जीवन काँडा कि फूलमा झमक सानो छँदाको भूमिकामा सिलगुडीकी अवस्था थापा र ठूला हुँदाको भूमिका काठमाडौंकी रोजिता बुद्धचार्यलाई देख्न सकिन्छ । फिल्ममा झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा छ । नृत्य निर्देशक कमल राई छन् ।
फिल्म ‘घामड शेरे’ मा स्वस्तिमा खड्का र निश्चल बस्नेत अभिनय देख्न सकिन्छ । फिल्ममा यो जोडी साली र भिनाजुको भूमिकामा छन् ।