नेपाली फिल्म निर्माता गोविन्द शाही पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरले बिहीबार पक्राउ गरेको हो ।
काठमाडौं जिल्ला अदालतले फिल्म निर्माणका क्रममा १ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेपछि महानगरीय प्रहरी परिसर भक्तपुरले शाहीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई बिहीबार नै कालिमाटी वृत्तको जिम्मा लगाइएको छ । शाही फिल्म ‘लिलीबिली’ का निर्माता हुन् ।
यसअघि पनि पक्राउ परेका शाही बन्दीप्रत्यक्षीकरण रिटमा छुटेका थिए ।