बलिउड फिल्म ‘पानीपत’ को ट्रेलर सार्वजनिक गरिएको छ । सञ्जय दत्त, अर्जुन कपुर, कृति सेनन स्टारर फिल्मको ट्रेलरमा गज्जबको एक्सन देखाइएको छ ।
सञ्जय लीला भन्सालीको ‘पद्मावत’ र दक्षिण भारतीय फिल्म ‘बाहुबली’ को झल्को दिने यो फिल्ममा सञ्जयले अफगानिस्तानका एक क्रुर राजाको भूमिका निभाएका छन् । अर्जुन र कृतिको भूमिका उस्तै दमदार लाग्छ । फिल्म पानीपतको तेस्रो लडाइँमा आधारित छ । जुन लडाइँ सन् १७६१ जनवरी १४ मा भएको थियो । पानीपतको युद्धलाई १८औँ शताब्दीको सबैभन्दा महत्त्वपूर्ण युद्धमध्ये एक मानिन्छ । सो युद्धमा आधारित फिल्म ‘पानीपत’ लाई आशुतोष गोवारिकरले निर्देशन गरेका हुन् ।