भारतीय क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माको जोडीले भुटानमा बिदा मनाएको छ।
शर्माले ट्वीट गर्दै आफूहरु साढे ८ किलोमिटर लामो पहाडी पैदलयात्रा गरेको र एउटा सानो गाउँमा विश्राम लिएको लेखेकी छन्। उनले पैदलयात्राका क्रममा एउटा घरमा रहेको ४ महिनाको बाच्छोलाई घाँस खुवाएको र घरधनीको आग्रहमा त्यहाँ बसेर चिया खाएको उल्लेख गरेकी छिन्।
उनले घरमा मानिसहरुले आफूहरु को हो भन्ने नचिनेपनि माया गरेर सत्कार गरेको र चिया खाँदै कुरा गरेर उनीहरुसँग केही समय बिताएको पनि ट्वीटमा उल्लेख गरेकी छन्। ‘पूरै समय उनीहरुले हामीलाई थकित पैदलयात्रीको रुपमा मात्र चिने,’ अनुस्काले भनेकी छन्।
अनुस्काले बदलामा केही पनि अपेक्षा नगरी एक विदेशी पर्यटकप्रति गरिएको मायाले आफूहरु आनन्दित भएको पनि उल्लेख गरेकी छन्।
विराट कोहलीले पनि पत्नीसँग बसेको फोटो शेयर गर्दै जीवनसंगिनीसँग यस्तो पवित्र स्थानमा भ्रमण गर्न पाएकोमा आफू धन्य भएको भन्दै ट्वीट गरेका छन्।